खोटाङ्ग सेवा समाज युकेको सुचना ...सुचना ...सुचना !

“हेल्प खोटाङ्ग च्यारिटी कार्यक्रम–२०१४” 

खोटाङ्ग सेवा समाज युकेको वार्षिक च्यारिटी कार्यक्रम  अन्तर्गत “हेल्प खोटाङ्ग च्यारिटी कार्यक्रम–२०१४” निम्न मिती, स्थान र समयमा आयोजना गरिने भएकोले यहाँहरु सम्पूर्णलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।


“हेल्प खोटाङ्ग च्यारिटी कार्यक्रम” मार्फत संस्थाले बेलायत, नेपाल तथा खोटाङ्गमा रहनु भएको विभिन्न पिडित ब्यक्ति-ब्यक्तित्वहरुलाई सामाजिक, नैतिक र आर्थिक सहयोग गर्ने कुराको पनि जानकारि गराउँदै, बरिष्ट गायक कुबेर राई तथा चर्चित गायिका आभा मुकारूङ्गको बिशेष प्रस्तुति समेत रहेको “हेल्प खोटाङ्ग च्यारिटी कार्यक्रम–२०१४” मा उपस्थितीको लागि आमन्त्रण गर्दछौ ।

मितीः ५ अक्टोवर २०१४ आइतबार
समयः १६००–२२०० बजे 
स्थानः Coxhealth Residents Village Hall
Stockett lane, Maidstone
ME17 4PT

टिकटदर £12 Single & £20 Couple

टिकट ढोकामा पनि उपलव्ध हुनेछ । 

“हेल्प खोटाङ्ग च्यारिटी कार्यक्रम–२०१४” बाट सन्कलित सम्पूर्ण सहयोग रकम खोटाङे अपाङ्ग चेली द्वय गायिक समला राइ र सम्झना राइ लाई समर्पण गरिने छ । 

खोटाङ्ग सेवा समाज युके

 


 

 

खोटाङ सेवा समाज युकेको भाबी कार्यक्रमहरु

 

 “हेल्प खोटाङ्ग च्यारिटी कार्यक्रम–२०१४” : आईतवार,  अक्टोबर २०१४, मेडिस्टोन्

नियमित बैठक २ : शनिबार, ०८ नोभेम्बर २०१४ वारमिनिस्टर

सम्मान तथा पुरस्कार समर्पण कार्यक्रम : शनिबार, २० डिसेम्बर २०१४, दिक्तेल बजार

साधारण सभा : शनिबार, ०७ फेब्रुअरी २०१५

बार्षिक भेला तयारी बैठक : शनिबार, २८ फेब्रुअरी २०१५

खोटाङ बार्षिक भेला २०१५ : शनिबार, ११ अप्रिल २०१५, फान्ब्रो 

नियमित बैठक ५ : शनिबार, ११ जुलाई २०१५

नियमित बैठक ६ : शनिबार, १४ नोभेम्बर २०१५

खोटांग सेवा समाज यु के चिनारी

खोटांग जिल्लामा जन्मभई वा खोटांग जिल्लामा पुर्खौली घर भै संसारको विभिन्न भागमा फैलियर रहेको नेपालीहरुलाई   एउटै संगठनिक छातामा समेट्ने अभिप्रायले खोटांग सेवा समाज को स्थापना गरिएको सबैलाई विदित नै छ । यसै अभिप्रायले खोटांग सेवा समाज यु के २००७ मा  स्थापना गरिएको हो ।  विभिन्न घुम्ती तथा चरणहरु पार गर्दै ढोस्रो कार्यकाल सम्म आई पुगेका छौ । यस बिसुद्ध सस्थाले यु के तथा संसारमा फैलिएका नेपालीहरुमा साघोको रुपमा सम्पर्क गर्ने माध्यम  बनेको  छ । आफ्नो माटोको माया सबैलाई लाग्ने गर्दछ । यसै सासत्कुरोलाई मनन   गरिकन खोटांग सेवा समाज यु के  स्थापना  गरिएको हो ।  यस सस्थाले आफ्ना विभिन्न कार्यक्रमहरु संचालन गरि रहेको छ जस मद्य  बर्सिक कार्यक्रममा यु के को विभिन्न ठाउमा बसोबास  गरि रहेको जिल्ला वासी  भेटघाटको संगम थलो को रुपमा विकास भएको  छ । त्यसै गरि नेपालमा खोटांग जिल्लालाई  संब्रिधव,  समुच्च  बनाउन योगदान पुर्याउनु हुने एक जना खोटांगेलाई ५,५ बर्समा नागरिक सम्मान तथा ३,३ बर्समा एक जना युवा पुस्तालाई  युवा प्रतिभा पुरस्कार दिने गर्दछ । त्यसै गरि यु के मा बसोवास गरि आएका खोटांगे युवा नया पुस्तालाई हौसला स्वरूप बर्सिक रुपमा प्रतिभा पुरस्कारले सम्मान गर्ने गरेको छ ।

खोटांग सेवा समाज यु के ले आफ्ना विभिन्न कार्यक्रमहरु संचालन गरि रहेको छ ।  नेपालबाट यु के पाल्नु भएको राष्ट्रिय गानका सर्जक श्री प्रदिप कुमार राई उर्फ़ ब्याकुल माईला तथा गायिका श्रीमती पार्वती राई लाई सम्मान गरिएको छ । त्यसै गरि नेपाली गायन लाई उचाईमा पुराउनु  हुने खोटांगे युवा श्री राजेस पायल राई लाई सम्मान साँझ आयोजना गरियो । त्यसैगरी खोटांग तारा आयोजक टोलीलाई यस सस्थाको तर्फ वाट आर्थिक सहयोग प्रधान गरिएको छ ।  

Webmaster Ashra Kumar Rai